दोहोरो अर्थ लाग्ने गरी अश्लिल गाली गरेको भन्दै काउन्सिलले सोध्यो डा.अच्युतलाई स्पष्टीकरण

    • स्वास्थ्य पेज

  • ६ श्रावण २०७९, शुक्रबार

नेपालगन्जः नेपाल मेडिकल काउन्सिलले एक डाक्टरलाई सामाजिक सञ्जालमा लेखेको टिप्पणीलाई लिएर स्पष्टीकरण माग गरेको छ।

काउन्सिलले सामाजिक सञ्जालमा काउन्सिलमाथि दोहोरो अर्थलाग्ने गरी अपशब्द र अश्लिल शब्द प्रयोग गरेको भन्दै स्पष्टीकरण सोधेको हो।

गत असार २० गते काउन्सिलले प्रकाशित सूचनामा डा अच्युतप्रसाद भट्टले दोहोर अर्थ लाग्ने गरी अपशब्द र अश्लिल शब्द प्रयोग गरी सामाजिक सञ्जालमा राखेको भन्दै काउन्सिलले स्पष्टीकरण माग गरेको हो।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले साउन २ गते उनलाई स्पष्टीकरणको पत्र काटेको बताइएको छ। डा भट्टलाई चिकित्सकको आचरण विपरित काम गरे वापत किन कारबाही नगर्ने भनि प्रश्न सोधिएको छ। पत्रमा कारबाही नगर्ने कुनै कारण भए ७ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ।

  • ६ श्रावण २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech