कुटनीतिक पहल गरेर अक्सिजेनेटर ल्याउन संसदीय समितिको सुझाव

    • स्वास्थ्य पेज

  • ६ श्रावण २०७९, शुक्रबार

नेपालगन्जः संसदको शिक्षा तथा स्वास्थ्य समितिले मुटुको शल्यक्रियाका लागि आवश्यक पर्ने अक्सिजेनेटर मेसिन कुटनीतिक पहल गरेर भए पनि छिटोभन्दा छिटो ल्याउन सरकारलाई सुझाव दिएको छ।

समितिको शुक्रबार बसेको बैठकले मुटुको शल्यक्रियाका लागि आवश्यक पर्ने उक्त उपकरण नेपाल ल्याउन आवश्यक पर्ने कानुनी सहजीकरणका लागि पनि सरकारलाई सुझाव दिएको छ।

समितिको सभापती जयपुरी घर्तीले मुटुका बिरामीको शल्यक्रिया सेवा छिटो उपलब्ध गराउन कुटनीतिक पहलदेखि कानुनी बाधा अड्चन फुकाएर भए पनि अक्सिजेनेटर मेसिन ल्याउन सुझाव दिनुभयो ।

समितिमा भएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले अमेरिका र जापान सरकारलाई कुटनीतिक पहल गरेर भए पनि उक्त मेसिन ल्याउन सकिने विकल्पका विषयमा जानकारी दिएको बताइएको छ ।

 

  • ६ श्रावण २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech