कोरोना बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो–‘मास्क अनिवार्य लगाउनू’

    • स्वास्थ्य पेज

  • ६ श्रावण २०७९, शुक्रबार

नेपालगन्जः नेपालमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले भिडभाड हुने स्थानमा जाँदा अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ ।

मन्त्रालयका तर्फबाट सूचना निकालेर अधिकारीले विमानस्थल, हवाई, सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्नुभएको छ । यस्तै गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने प्रकृतिका स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ।

खोप नलगाएकाहरूले लगाउन पनि उहाँले आग्रह गर्नुभएको छ । कसैलाई कोरोना लागे अस्पतालमा गई उपचार गराउन पनि मन्त्रालयले आग्रह गरेको छ।

नेपालमा बिहीबार चार सय ३५ जनामा कोरोना देखिएको थियो। तीन हजार ५६९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका थिए। अहिले देशभर दुई हजार ५३७ जना कोरोनाका सक्रिय संक्रमित छन्।

  • ६ श्रावण २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech