५ देखि ११ वर्षसम्मका बालबालिकालाई छिट्टै खोप दिने प्रधानमन्त्रीको प्रतिबद्धता

    • स्वास्थ्य पेज

  • ७ माघ २०७८, शुक्रबार

नेपालगन्ज: प्रधानमन्त्री शेरबहादुर देउवाले ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई चाडै नै खोप दिने सरकारको तयारी रहेको बताउनुभएको छ ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले छिट्टैनै तयारी गरेर बालबालिकाहरूलाई खोपको व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो।

‘५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई खोपको अभियान छिट्टै सुरू गरिनेछ’, प्रधानमन्त्री देउवाले भन्नुभयो -‘कोभिड १९ विरूद्धको विभिन्न खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिइएको छ।’

प्रधानमन्त्री देउवाले संक्रामक रोगविरूद्ध खोप उत्पादन गर्ने उद्योगीलाई वित्तिय सहलियत छुट तथा सुविधा प्रदान गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो।

  • ७ माघ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech