जमुनाह नाकामा ७७६ जनाको एन्टिजेन जाँच गर्दा ३९ जनालाई पोजेटिभ

    • स्वास्थ्य पेज

  • २५ पुष २०७८, आईतवार

तस्विरः फाइल

नेपालगन्जः पश्चिम तराइका नाकाहरुमध्ये सबैभन्दा ठूलो नेपालगन्जको जमुनाह नाकामा दैनिक कोरोना संक्रमितको संख्या बढ्या बढेइ छ । पछिल्लो एक साताको तथ्याङ्क हेर्ने हो भने संक्रमितको संख्या करिव दोब्बरको अनुपातमा बढीरहेको छ ।

पछिल्लो सोमवारदेखि आइतवारसम्ममात्रै करिव दुई सयको हाराहारीमा संक्रमित फेला परेका छन् । आइतवार ६ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको छ । यही अवस्था रहे स्थिति भयावह हुने जमुनाह हेल्थ डेस्कका इन्चार्ज चिरञ्जीवि ज्ञवालीको चेतावनी छ ।

हेल्थ डेक्सामा ८ जना जनशक्ति छन । उनीहरुले दुई सिफट्मा अहिले काम गरिरहेका छन् । भारतबाट फर्किरहेका शंकास्पद मानिसहरुलाई १०–१० जनाको समूह बनाएर एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गर्ने गरिएको छ ।

तर फर्किनेका चापको तुलनामा जनशक्तिको भने अभाव रहेको उहाँको भनाइ छ । जस्का कारण परीक्षण नगरेरै नेपाल पस्नेको संख्या धेरै छ । त्यसैपनि भाइरस संक्रमणको जोखिम उच्च देखिएको हो ।

भारतको कोरोना प्रभावित क्षेत्रबाट फर्किनेमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरु धेरै छन् । खासगरी उनीहरु रोजीरोटीका लागि भारत गएका नेपाली हुन् । भारतमा संक्रमण तीब्र बनेपछि उनीहरु धमाधम घर फर्किरहेका छन् ।

संक्रमण पुष्टि भएकाहरुलाई नेपालगन्जमा आइसोलेसनमा राखेर सम्बिन्धित जिल्लामा पठाउने गरिएको बाँकेका सिडिओ सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।

भारतबाट फर्किनेको चाप बढेसँगै यसले सीमावर्ती जिल्लामा मात्र नभएर विकटका ठाउँहरुमा पनि भाइरस संक्रमण फैलिने जोखिम बढेको छ। नाकाबाट फर्किनेको चाप बढेपनि एन्टिजेन परीक्षण र कन्ट्याक्ट टे«सेङिको गति भने निकै सुस्त छ ।

  • २५ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech