कोभिडविरुद्धको रसियन खोप स्पुतनिक भीलाई नेपालमा आयात अनुमति

    • स्वास्थ्य पेज

  • २४ बैशाख २०७८, शुक्रबार

काठमाडौं: कोभिडविरुद्धको रसियन खोप स्पुतनिक भी लाई औषधि व्यवस्था विभागले नेपालमा आयात अनुमति दिएको छ ।

विभागले खोप आयात गर्न लोमस फर्मालाई अनुमति दिएको हो । विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीका अनुसार आयात गर्ने कम्पनीले १० प्रतिशत भन्दा बढी मुनाफा लिन पाउने छैन ।

यसअघि सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड ल्याउन हुकम डिस्टिब्युटर्सलाई र भारतको बायोएन्टेकले उत्पादन गरेको कोभ्याक्सिन ल्याउन इमराल्ड फर्मालाई विभागले अनुमति दिएको छ ।

 

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech