जिल्ला अस्पताल हुम्लामा आकस्मिकबाहेक अन्य सेवा बन्द

    • स्वास्थ्य पेज

  • २३ बैशाख २०७८, बिहीबार

हुम्लाः जिल्ला अस्पताल हुम्लामा आकस्मिकबाहेक अन्य बहिरङ्गसहितका सम्पूर्ण सेवा बन्द गरिएका छन्। एक हप्तासम्म अस्पतालमा आकस्मिक, प्रसूति र कोभिडसम्बन्धी सेवाबाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएको हो ।

नेपालगञ्जबाट हवाईमार्ग हुँदै सिमकोट विमानस्थलमा ओर्लिएका ४० मध्येका आठ जनामा कोरोना पोजेटिभ देखिएसँगै हुम्लामा निषेधाज्ञा गरिएको र जिल्लामा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय एक हप्ताका लागि बन्द गरिएपछि जिल्ला अस्पतालले आकस्मिकबाहेकका अन्य सम्पूर्ण सेवा बन्द गरेको छ।

डिसीसिएमसीका सदस्यसचिवसमेत रहेको स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालले अत्यावश्यकबाहेकका अन्य सम्पूर्ण सेवा बन्द गरिएको कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिनुभयो ।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech