बुटवल: लुम्बिनी प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ।
बुटवल १४ रुपन्देहीका ४९ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार मध्यान्ह १२ बजेर १५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।
वैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनी अस्पताल भर्ना भएका थिए। ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भई उनको मृत्यु भएको अस्पतालले जनाएको छ।