जिल्ला अस्पतालमा अक्सिजन सिलिण्डर पुग्यो

    • स्वास्थ्य पेज

  • २१ बैशाख २०७८, मंगलवार

रुकुमपश्चिमः जिल्ला अस्पताल रुकुममा ५० लिटर क्षमताका २९ वडा अक्सिजनका सिलिन्डर आइपुगेका छन् ।

यसले अक्सिजनका लागि भौतारिरहेका स्वास्थ्यकर्मी र बिरामीलाई राहत भएको छ । प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले २९ वटा सिलिन्डर उपलब्ध गराएपछि जिल्ला अस्पतालले सबै सिलिन्डरमा अक्सिजन भरेर तयारी हालतमा राखेको छ ।

नेपालगन्जबाट सबै सिलिन्डरमा अक्सिजन भरेर जिल्ला अस्पताल पुर्‍याइएको अस्पतालका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले बताउनुभयो। सोमबार थपिएका २९ सिलिन्डरसहित जिल्ला अस्पतालमा अब ३९ सिलिन्डर भएका छन् ।

यसअघि जिल्ला अस्पतालमा ५ लिटरका ५ र ९ लिटरका ५ गरी १० सिलिन्डर थिए । अब अस्पतालमा रहेका सबै संक्रमितलाई एकैपटक अक्सिजन दिन सकिने फोकल पर्सन रावलले बताउनुभयो। अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको काम पनि भइरहेको छ ।अहिले अस्पतालको आइसोलेसनमा १० संक्रमित उपचाररत छन् ।

  • २१ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech