कोभिड संक्रमित ३३ वर्षिय पुरुषको धनगढीमा मृत्यु

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०७८, आईतवार

धनगढी: कोरोना भाइरस संक्रमणका कारण कैलालीमा थप एकजनाको मृत्यु भएको छ । उपचारका क्रममा कञ्चनपुर महेन्द्रनगरका ३३ वर्षीय पुरुषको धनगढीमा मृत्यु भएको हो ।

बैशाख १३ गते कोभिड पुष्टि भएपछि उपचारमा रहनुभएको उहाँको आइतबार बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

हिजो शनिबार कैलालीमा कोरोना भाइरस संक्रमणका कारण एकैदिन ५ जनाको मृत्यु भएको थियो ।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech