बाँकेमा होमआइसोलेसनमा बसेका ५१ वर्षीय संक्रमित पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • १७ बैशाख २०७८, शुक्रबार

कोहलपुर: बाँकेमा होमआइसोलेसनमा बसेका एकजनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका-५ का ५१ वर्षीय पुरुषको होमआइसोलेसनमा मृत्यु भएको हो ।

उनको गएको १२ गते कोहलपुर मेडिकल कलेजमा नमुना परीक्षण गराएका थिए । रिपोर्ट पोजेटिभ आयो । स्वास्थ्य अवस्था ठिकै भएका उनी घरमा आइसोलेसन बसेका थिए । तर उनको मध्यान्ह १२ः ३० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

यस्तै कोभिड १९ का कारण नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा थप एकजनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका-१ बर्दियाका ५४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनलाई १५ गते कोभिड पुष्टि भएको थियो । उनको उपचारका क्रममा आज दिउँसो ३ः३० बजे मृत्यु भएको हो । योसँगै बाहिरी जिल्लाका मृतक संख्या ११४ पुगेको छ ।

  • १७ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech