बाँकेमा थप २८२ जना संक्रमित थपिए, आजै २४४ जना संक्रमण मुक्त

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०७८, बिहीबार

नेपालगन्ज: बाँकेमा आज थप २८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा रहेका २ प्रयोगशालाको परीक्षणमा २८० जना र जमुनाह स्थित हेल्थ डेस्कमा गरिएको एन्टिजेन परीक्षणमा २ जना गरि थप २८२ संक्रमित थपिएका हुन् ।

नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालामा १५२ नमुना परीक्षण गर्दा १२८ जना र बागेश्वरी ल्याबमा १८० जनाको नमुना परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

जमुनाह स्थित हेल्थ डेस्कमा ३४ जनाको परीक्षण गर्दा २ जना संक्रमित थपिएका छन् । यसअघि आजै भेरी अस्पतालले बैशाख १५ गते संकलन गरिएका नमुनाको रिर्पोट सार्वजनिक गरेको थियो । भेरीमा २४ घण्टामा २८८ नमुना जाँच गर्दा २१४ जनामा संक्रमण पुष्टि भएको जनाएको थियो ।

यस्तै जिल्लाका कोभिड फोकलपर्सन वलीका अनुसार बिहिबार बाँकेमा २४४ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १०० जना महिला र १४४ जना पुरुष छन् ।

  • १६ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech