कोभिड हटस्पट बाँके,थप दुई जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०७८, बिहीबार

तस्बिर:फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमित थप दुई जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा एकजना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा एकजना गरि थप २ जनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

भेरी अस्पतालमा उपचारमा रहेका नेपालगन्ज-१७ का ६८ वर्षिय पुरुष र कोहलपुर-१३ बाँकेका ५० वर्षिय पुरुषको मृत्यु भएको अस्पतालहरुले जनाएका हुन् । नेपालगन्ज १७ का पुरुषको आज दिउँसो १२ बजे भेरी अस्पतालको प्रयोगशालामा कोभिड पुष्टि भएको थियो ।

उहाँ स्वास्थ्यमा समस्या आएपछि हिजो नै भेरी अस्पतालमा भर्ना हुनुभएको थियो । संक्रमण पुष्टि हुनअघि बिहान ८ बजेनै उहाँको मृत्यु भैसकेको थियो । त्यस्तै कोहलपुर १३ का पुरुषको स्वास्थ्या समस्या आएपछि बैशाख १३ गते मेडिकल कलेजमा पीसीआर परीक्षण गरिएको थियो ।

बैशाख १५ गते अस्पतालमा भर्ना भई उपचार सुरु गरिएको भएपनि उहाँको स्वास्थ्यमा सुधार नआउँदा आज दिउँसो १ १० बजे मृत्यु भएको फोकलपर्सन वलीले जानकारी दिनुभयो ।

योसँगै कोभिड संक्रमणका कारण बाँकेका ११० जनाले हालसम्म ज्यान गुमाइसकेका छन् । मृत्युदर निरन्तर उकालो लागेपछि अहिले बाँकेमा सबै चिन्तित छन् । चिकित्सकहरुले स्वास्थ्य मापदण्ड पालना गर्न सबैमा अपिल गरिरहेका छन्।

  • १६ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech