भेरी अस्पतालको कोभिड वार्डमा ६० कर्मचारी माग (यी पदमा दरखास्त दिन पाइने)

    • स्वास्थ्य पेज

  • १३ बैशाख २०७८, सोमबार

तस्विर : फाइल

नेपालगन्जः जनशक्तिको चरम अभाव देखिएपछि भेरी अस्पताल नेपालगन्जले ६० जना कर्मचारी करार सेवामा नियुक्त गर्ने भएको छ । अस्पतालले आज सूचना जारी गर्दै एनोस्थेसियोलोजिष्ट, मेडिकल अधिकृत, नर्सिङ स्टाफसहित ६० कर्मचारी करार सेवाका लागि दरखास्त माग गरेको हो ।

एनेस्थेसियोलोजिष्ट ३ जना, मेडिकल अधिकृत १० जना, नर्सिङ अधिकृत २ जना, ल्याब टेक्निसियन ५ जना र स्टाफ नर्स ४० जना माग गरेको छ।

कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालमा गम्भीर संक्रमितको चाप बढेपछि संक्रमितको हेरचाह तथा उपचार का लागि भेरी आइसोलसन वार्डमा कर्मचारी आवश्यक भएको अस्पतालले जनाएको छ।

अस्पतालले सबै खुला प्रतिस्पर्धाबाट र पहिलो प्राथमिकता अनुसार पदपूर्तिका लागि कर्मचारी सिफारिस गरिने जनाएको छ।

 

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech