पछिल्लो २४ घण्टामा देशभर ३,५५६ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १३ बैशाख २०७८, सोमबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा देशभर तीन हजार ५५६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार २९३ जनाको पिसिआर परीक्षणमा तीन हजार ५५६ जनालाई संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख ३ हजार ५६१ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ पुगेको छ। आज देशभर ३७८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म २ लाख ७७ हजार ९५१ संक्रमित निको भइसकेका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ पुगेको छ।

यस्तै पछिल्लो १२ घण्टामा पाँच जना संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १७६ पुगेको छ।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech