कोरोनाको पीडाः छटपटाइरहेका पति बचाउन रेणुले मुखै जोडेर श्वास दिइरहिन्

    • स्वास्थ्य पेज

  • १३ बैशाख २०७८, सोमबार

नेपालगन्जः नेपालगन्जसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशको आगरा सहरमा एउटा कारुणीक तस्विर अहिले भाइरल बनिरहेको छ । अक्सिजनको कमी कसरी मानिसलाई मृत्युको ढोकासम्म पुर्याइरहेको छ यसको ताजा उदाहरण उक्त तस्विरले स्पष्टसँग बोलेको छ।

महामारीको कठिन अवस्थाबाट ग्रस्त पतिले पत्नीकै काखमा ज्यान दिएका छन्। एक पत्नीले अटुट प्रयासका बाबजुद पतिलाई बचाउन सकिनन्।

अक्सिजनको कमीले एक पत्नीलाई यहाँसम्म लाचार बनाइदियो कि मुखबाट श्वासँ दिँदापनि पतिको ज्यान बचाउन सकिनन्।

रेणु सिंघल आगरास्थित विकास कलोनी सेक्टर–७ मा निवासी हुनुहुन्छ । अचानक उहाँका पति रवि सिंघलको स्वास्थ्यमा समस्या देखियो। श्वाँस लिन अप्ठ्यारो भएको थियो।

पतिको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि रेणु एक्लैले अटोमा राखेर पतिलाई अस्पतालसम्म पुर्याउनुभयो ।

तर, उपचारका लागि भर्ना हुनु अगावै रवि छटपटाउन थाल्नुभयो । छटपटाइ रहेका पतिलाई रेणुले आफ्नै मुखबाटै श्वाँस दिन थाल्नुभयो ।

लामो समयसम्म उहाँले ‘माउथ टु माउथ’ अक्सिजन दिने कोसिस गर्नुभयो । तर अन्त्यमा पत्नी रेणुकै काखमा रविको प्राण गयो।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech