कर्मचारीमा कोभिड पुष्टि भएपछि औषधी व्यवस्था विभागको पसल दर्ता र निरीक्षण सम्बन्धी काम स्थगित

    • स्वास्थ्य पेज

  • १२ बैशाख २०७८, आईतवार

काठमाडौं: कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि औषधि व्यवस्था विभागले केहि कामहरु नियमित नहुने जनाएको छ । विभागले केहि कर्मचारीमा संक्रमण पुष्टि भएपछि पसल दर्ता र निरीक्षण सम्बन्धी सबै काम स्थगित गरेको  जनाएको हो ।

अर्को सूचना जारी नभएसम्म आइतरबारदेखि यी कामहरु स्थगित गरिएको विभागले जनाएको छ । विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीका अनुसार सात जना कर्मचारी होम आइसोलेसनमा हुनुहुन्छ । विभागले नवीकरणको सेवा भने दिनेछ ।

यो समयमा विभागका अन्य सेवा समेत आंशिक रुपमा प्रभावित हुन सक्ने विभागले जनाएको छ। यसैबिच विभागले सेवा लिन आउँदा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न सबैमा आग्रह गरेको छ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech