कोरोनासँग हारे नेपालगन्जका ६१ वर्षिय पुरुष, संक्रमणका कारण हालसम्म जिल्लाका ७६ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ११ बैशाख २०७८, शनिबार

नेपालगन्ज: एकाविहानै नेपालगन्ज स्थित भेरी अस्पतालमा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ ।नेपालगन्ज उपमहानगरपालिका-१० का ६१ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

कोरोना संक्रमण पुष्टि भएपछि बैशाख ८ गते भेरी अस्पतालको आइसोलेसनमा भर्ना हुनुभएका उहाँको स्वास्थ्यमा सुधार नआएपछि शनिबार अर्थात आज बिहान १:२१ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

योसँगै कोरोना संक्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेहरुको संख्या ७६ पुगेको छ । संक्रमण दर अस्वभाविक रपमा बढिरहेको बाँकेमा मृत्यु दर समेत निरन्तर उकालो लागि रहेको छ।

हिजो शुक्रबार साझ मात्र ३ जनाले भेरी अस्पतालमै कोभिडसँग हारेका थिए । नेपालगन्ज त्रिभुवन चोकका ३५ वर्षिय पुरुष सहित अन्य २ जनाले कोभिड संक्रमणका कारण ज्यान गुमाएका थिए ।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech