गुलरियामा अक्सिजनसहितको २७ बेडको कोरोना अस्पताल संचालनको तयारी

    • स्वास्थ्य पेज

  • १० बैशाख २०७८, शुक्रबार

गुलरियाः छिमेकी जिल्ला बाँके र कैलालीमा कोरोना संक्रमितको संख्या बढेसँगै बर्दियामा पूर्वतयारीलाई तीब्र पारिएको छ । गुलरिया नगरपालिकामा अक्सिजन सहितको २७ बेडको कोभिड अस्पताल संचालनमा ल्याउँने तयारी पूरा भएको छ ।

हरेक स्थानीय तहमा अक्सिजन सहितको बेड भएको कोभिड अस्पताल संचालनमा ल्याउँने क्रममा बर्दिया स्थित गुलरिया नगरपालिकामा पनि २७ बेडसहितको कोभिड अस्पताल महिला विकास भवनमा संचालन ल्याउने तयारी पूरा भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाका ८ वटै स्थानीय तहमा कोभिड अस्पताल सन्चालनमा ल्याउने तयारी गरिएको पनि जानकारी दिनुभयो ।

अस्पताल संचालनमा आएसँगै अब बर्दिया जिल्लाका सिकिस्त बिरामी मात्र अक्सिजन सहितको एम्बुलेन्समा भेरी अस्पताल र नेपालगंज मेडिकल कलेज कोहलपुर पठाउने व्यवस्थामा गरेको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech