शैया अभाव हुँदा संक्रमितको विजोग अवस्थाबारे डा आसिम किदाई लेख्छन्–‘दुई जना गम्भीर विरामी शैया कतिवेला खालि होला भनेर आफ्नो पालो कुरेर बसेका छन् ।’

भेरी अस्पतालका कोभिड वार्ड नर्सिङ इन्चार्ज शिला शर्माले सामाजिक सन्जाल फेसबुकमा गम्भीर प्रकृतिका बिरामीले लौन बेड मिलाइदिनु पर्यो भन्दा लाचार भएर छैन भन्नुपर्दा पिडा महशुस भैरहेको छ भनेर लेख्नुहुन्छ ।


    • स्वास्थ्य पेज

  • ९ बैशाख २०७८, बिहीबार

नेपालगन्जः कोरोना भाइरस संक्रमण भुसको आगोझै सल्किएपछि गम्भीर प्रकृतिका बिरामीहरुको संख्या पनि दिन प्रतिदिन बढ्न थालेको छ ।

संक्रमण समुदाय स्तरमा फैलिएपछि दैनिक सयौको संख्यामा बिरामीहरु अस्पताल आउन थालेका छन् । अस्पतालका मेडिसिन ओपीडीमा आउने अधिकांश बिरामी कोभिडका शंस्कास्पद बिरामीहरु छन् । उपचारका लागि आएका धेरैजसो बिरामीमा संक्रमण पुष्टि हुन थालेपछि त्यहिबाट संक्रमण फैलने डरले अहिले अस्पतालहरुले फिवर क्लिनिक सन्चालन गरिरहेका छन् ।

चिकित्सकहरुले अहिले कोभिड पुष्टि भएका अधिकांशमा लक्षण चिंह देखिएको र अक्सिजन चाहिने बिरामीहरुपनि पहिलेको रेसियो भन्दा दुई गुणा बढी रहेको बताउँदै आएका छन् । यसरी गम्भीर प्रकृतिका बिरामी बढेपछि अहिले अस्पतालमा बेडको अभाव सुरु हुन थालेको छ । नेपालगन्ज जहाँ अहिले कोरोना संक्रमण दर अस्वभाविक रुपमा बढिरहेको छ, यहाँ पनि शैया अभाव सुरु भएको छ ।

पश्चिम नेपालको ठूलो र रेफरल अस्पताल भेरी अस्पताल र नीजि अस्पताल नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोभिडका बिरामीको उपचार भैरहेको छ । सामान्य लक्षण भएका बिरामीहरु र लक्षण नभएका बिरामीहरुका लागि होटल, स्थानिय तहले बनाएका आइसोलेसनमा बिरामीहरु राख्ने गरिएको छ ।

जिल्लामा होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेकाहरुको संख्या पनि कम छैन । पोजिटीभिटी रेट ८०-९० प्रतिशत बढी हुनु र गम्भीर प्रकृतिका बिरामीहरुको संख्या उल्लेख्य हुनु  टाउको दुखाईको विषय बनेको छ । नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका वरिष्ठ फिजिसियन डा.आसिम किदवाईले गम्भीर प्रकृतिका बिरामीहरु अस्पताल आइरहेको र राख्ने ठाउँ नहुदा समस्या भैरहेको बताउँनुहुन्छ ।

सामाजिक सन्जाल फेसबुकमा डा.किदवाइले बिरामीको उपचारका लागि अन्यत्र जाने ठाउँ नहुदा मेडिकल कलेजमा पालो कुर्ने गरेको लेख्नुभएको छ। उहाँ लेख्नुहुन्छ-एक जना अर्का कोभिड संक्रमितको भर्खर मृत्यु भयो, शैया अभाव भएपनि बिरामीलाई उपचारका लागि जाने विकल्प नहुँदा कष्टपूर्ण उपचार गर्न बाध्य छौं। उहाँले अहिले पनि २ जना गम्भीर बिरामी शैया खालि कतिबेला होला भनि कुरिरहेको बताउनुभएको छ।

गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि चहिने आइसियु बेडको यसअघि नै अभाव भैसकेको बताउँदै डा.किदवाईले लकडाउनसँगै अस्पतामा शैया बढाउनतर्फ ध्यान नदिए स्थित भयावह हुने बताउँनुहुन्छ ।

बेड र आवश्यक जनशक्ति तत्काल थप्नुपर्छ अन्यथा बिरामीहरुलाई अन्य शहरहरु जँहा कोभिडका शैया खालि छन् , त्यहाँ पठाउने व्यवस्थापन गर्नु पर्ने उहाँको सुझाव छ । नेपालगन्जमा शैया अभाव छ, अन्य ठाउँ खालि हुनसक्छ अब त्यसतर्फ कोभिड-१९ संकट व्यवस्थापन केन्द्र लगायत सम्बन्धित निकायले सोच्न पर्छ उहाँको तर्क छ ।

समय सजिलो नभएको भन्दै डा.किदवाईले सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गर्नुहुन्छ । मास्क लगाउने र सरसफाईमा ध्यान दिन उहाँ सबेैमा आग्रह गर्नुहुन्छ ।

उता भेरी अस्पतालमा समेत शैया अभावले स्वास्थयकर्मीहरुलाई समस्या भैरहेको छ । अस्पतालका कोभिड वार्ड नर्सिङ इन्चार्ज शिला शर्माले सामाजिक सन्जाल फेसबुकमा गम्भीर प्रकृतिका बिरामीले लौन बेड मिलाइदिनु पर्यो भन्दा लाचार भएर छैन भन्नुपर्दा पिडा महशुस भैरहेको छ भनेर लेख्नुहुन्छ ।

नेपालगन्जमा कोरोना करिब नियन्त्रण बाहिर गएको आँकलन पछि हप्ता दश दिन अघिनै चिकित्सकहरुले लकडाउनको विकल्प नभएको बताउँदै आएका थिए । भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले नियन्त्रणको विकल्प लकडाउन नै हो भनेर करिब हप्ता अघिनै भन्नुभएको थियो ।

अहिले प्रशासनले कोभिड नियन्त्रणका लागि नेपालगन्जमा एकसाता लकडाउन सुरु गरेको छ । जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोभिड संक्रमणको चेन ब्रेक गर्न लकडाउन गर्नु परेको बताउनुहुन्छ। बाँकेमा अहिले सक्रिय संक्रमितको संख्या आठ सय नजिक पुगिसकेको छ ।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech