कोरोनाले दाजुको भारतमा मृत्यु, नेपाल फर्केका भाइ पनि बचेनन्

    • स्वास्थ्य पेज

  • ८ बैशाख २०७८, बुधबार

धनगढीः डोटीमा भारतबाट आएर होमक्वारेन्टिनमा बसेका एक युवक मृत्यु भएको छ।

११ दिनअघि भारतको गुजरातबाट फर्केका दिपायल सिलगढी नगरपालिका–१ घटालीका युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक इन्द्र मल्लले जानकारी दिनुभयो ।

उहाँकाअनुसार भारतमा सँगै काम गर्ने उनका दाजुको कोरोना संक्रमणका कारण गत शनिबार भारतमा मृत्यु भएको थियो।

दाजुको मृत्युपछि घर फर्केका ती युवकको पनि कोरोनाकै कारण मृत्यु भएको आशंका गरिएको छ। युवकको मृत्युपछि गाउँका स्थानीय त्रसित छन्।

सामान्य स्वास्थ्य समस्यापछि एकाएक छटपटाहट बढेको र मंगलबार घरमा उनको मृत्यु भएको हो।

  • ८ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech