नेपालगन्ज: भेरी अस्पतालमा नेपालगन्जमा गरिएको परिक्षणमा थप १ सय ७९ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।
१ सय ९३ जनामा गरिएको परिक्षणमा ९२. ७ प्रतिशतमा भाइरस पुष्टि भएको हो ।
हिजो २ सय १९ जनामा संक्रमण पुष्टि भएको थियो । भेरीका अनुसार ४८ घण्टामा ५ सय ६८ नमुना परिक्षण गरिएकोमा ३ सय ९८ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।