कैलालीमा ८१ वर्षीय बृद्धको कोरोनाबाट मृत्यु

    • स्वास्थ्य पेज

  • ४ बैशाख २०७८, शनिबार

धनगढीः कैलालीमा एक जना कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ। कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १० का ८१ वर्षीय पुरुषको मृत्यु भएको हो।

सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा शुक्रबार उपचार गराइरहेका उनको राती साढे १२ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती पुरुषमा कडा खालको श्वासप्रश्वाससम्बन्धी समस्या रहेको थियो ।

  • ४ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech