भारतबाट फर्किएका थप ९ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • ४ बैशाख २०७८, शनिबार

नेपालगन्जः नेपालगन्जको जमुनाह नाका भएर भारतबाट फर्किएका थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज विहान गरिएको एन्टिजेन परीक्षणमा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

तीमध्ये सुर्खेतका पाँचजना, बाँके, दाङ र जाजरकोटका एकएक जना रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै भारतबाट फर्किएका २४ जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि भएका संक्रमितलाई ह्वाइट हाउस आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको वलीले बताउनुभयो ।

  • ४ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech