कोरोना बढेपछि दिल्लीका सबै विद्यालय बन्द

    • स्वास्थ्य पेज

  • २८ चैत्र २०७७, शनिबार

नयाँ दिल्लीः भारतको राजधानी नयाँदिल्लीमा विद्यालयहरू बन्द गरिएका छन्।

कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि दिल्ली सरकारले अर्को सूचना जारी नभएसम्मका लागि शुक्रबार सबै तहका विद्यालय बन्द गर्ने निर्णय गरिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

भारतमा पछिल्लो समय एकैदिनमा १ लाख ३१ हजार मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ।

संक्रमण बढेको बढ्यै भएपछि महाराष्ट्र, दिल्ली, मध्यप्रदेशजस्ता राज्यहरूले विभिन्न प्रतिबन्धहरू लगाएका छन्।

नेपालमा पनि कोरोनाको संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेको छ।

  • २८ चैत्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech