काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा लिने क्रममा कुनै समस्या भए वा त्रुटिको आशंका लागेमा तुरुन्तै सम्पर्क गर्न अनुरोध गरेको छ ।
मन्त्रालयले सर्वसाधारणलाई सेवा लिने क्रममा कुनै समस्या वा सेवा प्रदायकबाट त्रुटी भएमा तुरुन्तै मन्त्रालयको हटलाइन नम्बर ११३३ मा सम्पर्क गर्न अनुरोध गरेको हो।
बिहीबार एक सुचना जारी गर्दै मन्त्रालयले उक्त हटलाइन नम्बरमा बिहान ८ देखि बेलुका ८ बजेसम्म गुनासो टिपाउन सक्ने जनाएको छ । ११३३ मा फोन गर्दा कुनै शुल्क लाग्दैन।
यसका साथै सर्वसाधारणले info@mohp.gov.np मा पनि इमेल गर्न सक्ने मन्त्रालयले जनाएको छ। पछिल्लो समय स्वास्थ्य संस्थाले सर्वसाधारणलाई सेवा सहज रूपमा उपलब्ध नआएको गुनासो आएपछि मन्त्रालयले उक्त सुचना जारी गरेको हो।
हेर्नुहोस् मन्त्रालयले जारी गरेको सूचना