स्वास्थ्य सेवा लिने क्रममा कुनै समस्या भयो ? हटलाइन नम्बर ११३३ मा सम्पर्क गर्नुहोस्-स्वास्थ्य मन्त्रालय

    • स्वास्थ्य पेज

  • २६ चैत्र २०७७, बिहीबार

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा लिने क्रममा कुनै समस्या भए वा त्रुटिको आशंका लागेमा तुरुन्तै सम्पर्क गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले सर्वसाधारणलाई सेवा लिने क्रममा कुनै समस्या वा सेवा प्रदायकबाट त्रुटी भएमा तुरुन्तै मन्त्रालयको हटलाइन नम्बर ११३३ मा सम्पर्क गर्न अनुरोध गरेको हो।

बिहीबार एक सुचना जारी गर्दै मन्त्रालयले उक्त हटलाइन नम्बरमा बिहान ८ देखि बेलुका ८ बजेसम्म गुनासो टिपाउन सक्ने जनाएको छ । ११३३ मा फोन गर्दा कुनै शुल्क लाग्दैन।

यसका साथै सर्वसाधारणले [email protected] मा पनि इमेल गर्न सक्ने मन्त्रालयले जनाएको छ। पछिल्लो समय स्वास्थ्य संस्थाले सर्वसाधारणलाई सेवा सहज रूपमा उपलब्ध नआएको गुनासो आएपछि मन्त्रालयले उक्त सुचना जारी गरेको हो।

हेर्नुहोस् मन्त्रालयले जारी गरेको सूचना

  • २६ चैत्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech