होलीको रङबाट छालालाई कसरी जोगाउने ?(भिडियो सहित)

    • स्वास्थ्य पेज

  • १५ चैत्र २०७७, आईतवार

नेपालगन्ज:आज पाहाडमा र भोली तराईमा फागु पूर्णिमा अर्थात होली पर्व मनाइदैछ ।

होलीमा रङ खेलेर एकआपसमा मज्जा लिने गरिन्छ । रङहरुको यो पर्वमा यदि सामान्य कुरामा ख्याल गरिएनभने विभिन्न स्वास्थ्य समस्या झेल्नुपर्ने हुनसक्छ।

होलीको बेला प्रयोग गरिने रङहरुले छाला, कपाल, आँखा लगायतमा समस्या निम्त्याउन सक्छन् । रङमा प्रयोग गरिएका रसायनका कारण अनुहार र कपालमा विभिन्न समस्या आउन सक्छन् ।

होली खेल्ने क्रममा अत्याधिक रङ,रसायन प्रयोग भएका रङ, इनामेल, अण्डा लगायत प्रयोग गर्न नहुने छाला रोग विशेषज्ञ डा.बद्री चापागाई बताउनुहुन्छ । होली खेल्नुअघि र खेलिसकेपछि अनुहारमा मोस्चराइजर तथा सन स्क्रिन क्रिम राम्रो सँग लगाउन डा.चापागाई सुझाउनुहुन्छ ।

छालालाई जोगाउन रङ पखाल्दा सफा पानीको प्रयोग गर्ने, रङ निकाल्नका लागि छाला बेस्सरी नरगड्ने, छालाबाट सजिलै रङ निकाल्न खेल्नुअघि तेल लगाउने, र सकेसम्म कपालमा रङहरुको प्रयोग नगर्न डा.चापागाई सबैमा आग्रह गर्नुहुन्छ ।

होली खेल्दा ध्यान दिनुपर्ने कुराहरुबारे जानकारी दिनुहुदै डा बद्री चापागाई
डा.चापागाई भेरी अस्पताल नेपालगन्जमा प्रमुख कन्सल्टेन्ट डर्माटोलनेजिस्ट (छाला रोग विशेषज्ञ)का रुपमा कार्यरत हुुनुहुन्छ ।

  • १५ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech