पाठेघरको मुखको क्यान्सर र यसको रोकथाम (भिडियो सहित)

    • स्वास्थ्य पेज

  • ७ चैत्र २०७७, शनिबार

जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ। महिलाहरुमा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ।

ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ। यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुनसक्छ।

पाठेघरको मुखको क्यान्सर गर्भाशयको तल्लो भागमा हुनेगर्छ । अर्थात गर्भाशय र योनीलाई जोड्ने भागमा । यस प्रकारको क्यान्सरको सुरुवात महिलामा ३५-४० बर्षको उमेरपछि हुन्छ ।

विशेषगरी महिलाको मासिक स्राव अनियमित हुन्छ र योनीबाट धेरै रगत स्राव हुन्छ ।पाठेघरको मुखबाट सुरु हुने यो क्यान्सर समयमा उपचार नगरिए शरीरको अन्य भागमा फैलिई मृत्यु समेत निम्त्याउँदछ ।

तर समयमा पाठेघरको जाँच गरी क्यान्सरपूर्वको घाउ तथा प्रारम्भिक चरणको उपचार समयमानै गर्न सके यसबाट बच्न सकिन्छ ।
थप जानकारी दिनुहुदै स्त्री रोग विशेषज्ञ डा.राजन महत
डा.महत नेपालगन्ज स्थित भेरी अस्पतालमा स्त्री रोग विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ ।

 

 

 

  • ७ चैत्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech