कोरोना अपडेटः ९४ जना थपिए, ५५ जना घर गए

    • स्वास्थ्य पेज

  • ४ चैत्र २०७७, बुधबार

काठमाडौंः नेपालमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार २ हजार ७८१ जनाको पिसिआर परीक्षण गर्दा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा ५५ जना कोरोना संक्रमित निको भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९५४ जना रहेको छ।जसमध्ये संस्थागत आइसोलेसनमा १८७ र होम आइसोलेसनमा ७६७ जना रहेका छन्।

  • ४ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech