कोरोनाबाट बाँकेमा थप एक महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • २६ फाल्गुन २०७७, बुधबार

तस्विरः फाइल

नेपालगन्ज: कोरोनाभाइरस संक्रमणबाट बाँकेमा थप एकजना महिलाको मृत्यु भएको छ।

नेपालगन्ज उपमहानगरपालिका २० राझाकी ५४ बर्षकि महिलाको भेरी अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि बागेश्वरी ल्याबमा पीसीआर परीक्षण गर्दा उहाँलाई माघ ३० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

सुरुमा होम आइसोलेसनमा बसेपनि स्वास्थ्यमा सुधार नआउँदा उहाँलाई फागुन ६ गते भेरी अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । उपचारका क्रममा निजको आज बुधबार विहान मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

योसँगै कोभिड संक्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेहरुको संख्या ५५ पुगेको छ ।

  • २६ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech