काठमाडौं: नेपाल फार्मेसी परिषद्ले फर्मासिष्ट तथा फार्मेसी सहायकलाई अनिवार्य रूपमा नाम सहितको सेतो एप्रोन लगाउन भनेको छ । मंगलबार एक सूचना जारी गर्दै परिषद्ले उक्त निर्देशन दिएको हो।
परिषद्ले कुनै पनि सामुदायिक फार्मेसी वा अस्पताल रहेका फर्मासिष्ट र फार्मेसी सहायकले नामसहतिको परिषद्को दर्ता नम्बर अंकित एप्रोन लगाएर मात्रै औषधि बिक्री गर्न भनेको हो ।
यसको उल्लंघन गरेमा कोड अफ कन्डक्ट पालना नगरेको मानिने परिषद्को भनाई छ ।
कसले कस्तो एप्रोन लगाउने हेनुहोस् परिषद्को सूचना