पछिल्लो २४ घण्टामा ७८ संक्रमित थपिए, ८२ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १६ फाल्गुन २०७७, आईतवार

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा ७८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार १ सय ४३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ सय ६२ जना सक्रिय संक्रमित छन्।

यस्तै २४ घण्टामा २ हजार ५ सय ३२ जनाको पिसिआर परीक्षण गर्दा ७८ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ६२ हजार ९ सय ३६ पुगेको छ।
यस्तै २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मतकको संख्या २ हजार ७ सय ७४ पुगेको छ। हाल ६८ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा ८२ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७ पुगेको मन्त्रालयले जनाएको छ।

  • १६ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech