थप ८० जनालाई कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • ९ फाल्गुन २०७७, आईतवार

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ८० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप १२१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ८७६ पुगेको छ।

हाल देशभर १ हजार ४ सय ९४ जना सक्रिय संक्रमित रहेका छन्।

गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ पुगेको छ।

  • ९ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech