सरकारले खरिद गरेको १० लाख डोज कोभिसिल्ड आइतबार नेपाल आइपुग्ने

    • स्वास्थ्य पेज

  • ८ फाल्गुन २०७७, शनिबार

काठमाडौं: कोरोना भाइरस विरुद्धको १० लाख डोज खोप आइतबार नेपाल आइपुग्ने भएको छ ।

सेरम इन्स्च्यिूट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भोली आइतबार दिउँसो १:३० बजे एयर ईन्डियाको उडान मार्फत नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ ।

सरकारले खोप उत्पादक कम्पनी सेरम इन्स्च्यिूट अफ इन्डिया सँग २० लाख डोज कोभिसिल्ड खरिदका लागि फागुन ५ गते सम्झौता गरेको थियो । सम्झौता अनुसारको पहिलो खेप १० लाख डोज आइतबार आउने मन्त्रालयका सह प्रवत्ता डा.समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

आइतबार आउने खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरिने छ । मन्त्रालयका अनुसार उक्त खोप फागुन २३ गतेदेखि सुरु हुने अर्को चरणको खोप अभियानका लागी प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र मार्फत जिल्ला स्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रमा वितरण गरिनेछ ।

यसैबिच मन्त्रालयले बाँकि १० लाख डोज खोप उत्पादकसँगको सहमतिमा स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ती तालिका अनुसार चाँडैनै    प्राप्तहुने जनाएको छ ।

  • ८ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech