२४ घण्टामा थपिए ९६ जना कोरोना संक्रमित, तीनजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ६ फाल्गुन २०७७, बिहीबार

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ९६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार १६६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप १ सय ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ५०५ पुगेको छ।

हाल देशभर १ हजार ६ सय ३ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा देशभर थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५८ पुगेको छ।

  • ६ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech