धनकुटा:पाँचौ तहको विद्यालय नर्सको लागि प्रदेश १ मा ७७ जनालाई सिफारिस गरिएको छ ।
स्वास्थ्य निर्देशनालयले एक सूचना प्रकाशन गर्दै माघ २८ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन भएको अन्तवार्तामा उपस्थित १८५ मध्ये ७७ जनालाई छनौट गरिएको जनाएको छ ।
सिफारिस गरिएकाहरुलाई सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र नियुक्तिपत्र बुझ्न निर्देशनालयले सूचित गरेको छ ।
निर्देशनायले जारी गरेको सूचना