नेपाल अर्थोपेडिक संघको अध्यक्षमा डा अर्जुन प्रसाद लामिछाने निर्वाचित

    • स्वास्थ्य पेज

  • १ फाल्गुन २०७७, शनिबार

काठमाडौं: डा.अर्जुन प्रसाद लामिछाने नेपाल अर्थोपेडिक संघको प्रेसिडेन्ड इलेक्टमामा निर्वाचित हुनुभएको छ ।

माघ ३० देखि फागुन १ गतेसम्म भएको ई भोटिङबाट डा.लामिछाने प्रेसिडेन्ड इलेक्टमा निर्वाचित भएको संघले जनाएको छ । डा.लामिछानेले प्रत्यासी डा.सुदिपमान वैद्यलाई पराजित गर्नुभएको हो ।

प्रेसिडेन्ड इलेक्टमा निर्वाचित भएसँगै डा.लामिछाने अर्को कार्यकाल स्वतः अध्यक्षमा निर्वाचित हुनुभएको निवर्तमान अध्यक्ष डा.रविन्द्रलाल प्रधानले जानकारी दिनुभयो ।

डा.दीपक कुमार दत्तलाई पराजित गर्दै संघको वरिष्ठ उपाध्यक्षमा डा.बिमलकुमार पाण्डे निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा अमित जोशी विजयी हुदा कोषाध्यक्षमा निर्विरोध डा.गोपेशकुमार ठाकुर निर्वाचित हुनुभएको छ ।

२०२१-२०२३ कार्यकालका लागि भएको निर्वाचनमा सहसचिवमा डा.ऋषी विष्ट, सह कोषाध्यक्षमा डा निरञ्जनप्रसाद पराजुली निर्वाचित हुनुभएको छ ।

४ सय २१ जनाले ई भोटिङबाट सहभागिता जनाएको संघको निर्वाचनमा डा.विवेक वासुकला, डा.रामकृष्ण दाहाल र डा.शिलु श्रेष्ठ सदस्यमा निर्वाचित हुनुभएको छ ।

 

 

  • १ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech