पछिल्लो २४ घण्टामा थपिए १०५ जना कोरोना संक्रमित

    • स्वास्थ्य पेज

  • १८ माघ २०७७, आईतवार

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ९५९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २८८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ।

हाल देशभर २ हजार ५ सय ९४ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २९ पुगेको छ।

  • १८ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech