भेरी अस्पतालमा कोरोना संक्रमित ८३ वर्षीय बृद्धको मृत्यु

    • स्वास्थ्य पेज

  • १८ माघ २०७७, आईतवार

तस्विरः फाइल

नेपालगञ्जः कोरोना संक्रमित कैलाली जोशीपुरका ८३ वर्षीय बृद्धको नेपालगञ्जमा मृत्यु भएको छ। एघार दिनअघि उनलाई कोरोना पुष्टि भएको थियो। उनको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार स्वास्थ्यमा समस्या आएपछि बृद्धलाई माघ ६ गते भेरी अस्पताल ल्याइएको थियो। त्यसको भोलिपल्ट उनलाई कोरोना पुष्टि भएको थियो।

बृद्धको आइतबार ११ः३७ बजे मृत्यु भएको हो। बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ८७ पुगेको छ।

 

  • १८ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech