काठमाडौंः नेपाल फार्मेसी परिषदको १६ औं नाम दर्ता परीक्षा यही माघ ३० गते सञ्चालन हुने भएको छ। परिषदले शुक्रबार एक विज्ञप्ति जारी गरी माघ ३० गते नाम दर्ता परीक्षा हुने जनाएको हो।
नाम दर्ता परीक्षाको प्रवेशपत्र परिषदले २५ गतेदेखि वितरण गर्दैछ। डिप्लोमा इन फार्मेसीका लागि २५ र २६ गते, ब्याचलर इन फार्मेसीका लागि २७ र २८ गते प्रवेशपत्र वितरण गर्न लागिएको सूचनामा उल्लेख छ।