पछिल्लो २४ घण्टामा ३०३ संक्रमित थपिए, ६ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १३ माघ २०७७, मंगलवार

काठमाडौंः

पछिल्लो २४ घण्टामा नेपालमा ३०३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार २५२ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ४ हजार ५७४ जनाको पिसिआर परीक्षण गर्दा ३०३ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ५२ हजार ६८७ पुगेको छ।

मंगलबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार १७ पुगेको मन्त्रालयले जनाएको छ। हाल १ सय २२ जना क्वारेन्टाइनमा छन्।

  • १३ माघ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech