जानकीका महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड बितरण

    • स्वास्थ्य पेज

  • ३ माघ २०७७, शनिबार

नेपालगन्ज ३, माघ ।
बाँकेको जानकी गाउँपालिका वडा नं ३ कर्मोहनाका महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गरिएको छ । महिला जनचेतनामुलक अभियान अन्तरगत बी योर सेल्फ नामक संस्थाले शनिवार प्याड वितरण गरेको हो ।

कार्यक्रममा २ सय जनालाई प्याड वितरण गरिएको संस्थाका अध्यक्ष गौरव शाहले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष अनुपा चौधरी, कोषाध्यक्ष प्रेक्षा केसी, पुर्व मिस नेपालगंज सुमन थापा, मधु योगी लगाएतले सामाग्री हस्तान्तरण गरेका थिए । वितरण कार्यक्रममा महिनावारीका वारेमा जनचेतनामुलक नृत्य, नाटक प्रदर्शनका साथै स्वास्थ्य सम्बन्धी जानकारी समेत प्रदान गरिएको थियो ।

नेपालगन्जका युवाहरुद्वारा स्वतस्फुर्त रुपमा गठित संस्थाले यस अघिपनि आर्थिक संकलन गरि विपन्न तथा असहायहरुलाई खाना खुवाउने लगाएतका सामाजिक क्रियाकलापहरु गर्दै आएको सचिव करण शाहले जानकारी दिनुभयो । कार्यक्रममा ए एण्ड बि ट्रेड सप्लायर्स, विनायक मेडिकल, शुभम जनरल स्टोर लगायतले बिभिन्न सामाग्री सहयोग गरेका थिए ।

  • ३ माघ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech