खोप खरिद प्रक्रिया पारदर्शी हुने मन्त्री त्रिपाठीको दावी

    • स्वास्थ्य पेज

  • २७ पुष २०७७, सोमबार

काठमाडौं २७, पुष ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोप खरिद प्रक्रिया पारदर्शी हुने दावी गर्नु भएको छ ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताउनुभयो । जीटूजी प्रक्रिया प्राथमिकतामा रहेको भन्दै उहाँले भन्नुभयो, ‘जे जति विकृतिको आशंका भइरहेको छ, त्यसलाई झुटो सावित गर्छौं ।’

आफूले भारत, रुस र यूएईका राजदूतसँग कुराकानी गरेको भन्दै उहाँले कोरोना खोपका लागि राजनीतिक प्रभावहरुलाई समेत प्रयोग गरिरहेको बताउनुभयो । ‘खोप छिटोभन्दा छिटो अरु सरह नै ल्याउने प्रयास भइरहेको छ’ उहाँले भन्नुभएको छ ।

उहाँका अनुसार खोपका लागि १६ हजार खोप केन्द्र बनाइनेछ भने ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंमसेविका परिचालन गर्ने मन्त्रालयको तयारी छ ।

  • २७ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech