काठमाडौं २५, पुष ।
चिकित्सा शिक्षा आयोगले पोस्ट ग्राजुयसन (पिजी) को नतिजा प्रकाशन गरेको छ ।
चिकित्सा शिक्षा आयोगले पुष १८, १९ र २० गते लिएको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
आयोगले एमडी र एमएसको नतिजा भने यसअघि नै सार्वजनिक गरिसकेको थियो ।