स्वास्थ्य सुरक्षासम्बन्धी कार्यविधि र मापदण्ड तयार गर्ने सम्बन्धमा निर्वाचन आयोग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल

    • स्वास्थ्य पेज

  • २४ पुष २०७७, शुक्रबार

काठमाडौं २४, पुष ।
निर्वाचन आयोगले आगामी वैशाखमा तय भएको निर्वाचनका लागि स्वास्थ्य सुरक्षासम्बन्धी कार्यविधि र मापदण्ड तयार गर्ने सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको उपस्थितिमा आयोगका सचिव, स्वास्थ्य तथा जनसंख्या मंत्रालयका सचिवलगायत आयोगका अधिकृतहरूको सहभागितामा छलफल भएको हो ।

निर्वाचनसम्बन्धी गतिविधि सञ्चालनका लागि अपनाउनुपर्ने तथा पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा सम्बन्धमा निर्वाचन लक्षित स्वास्थ्य सुरक्षा मापदण्ड तयार गरी निर्वाचनमा अवलम्बन गर्ने सम्बन्धमा छलफल गरिएको बताईएको छ ।

  • २४ पुष २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech