एभरेष्टले निशुल्क थाईराइड, सुगर र ब्लड प्रेशर जाँच गर्दै

    • स्वास्थ्य पेज

  • २३ पुष २०७७, बिहीबार

नेपालगन्ज २३, पुष ।

नेपालगन्जमा रहेको एभरेष्ट इन्टरनेशनल पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरले माघी पर्वको विशेष उपलक्ष्यमा निशुल्क थाईराइड, सुगर र ब्लड प्रेशर जाँच गर्ने भएको  छ ।

थारु समुदायका व्यक्तिहरुलाई यही पुष २५, २६ र २७ गते शनिबार देखि सोमबार सम्म संस्थाले निशुल्क ती जाँच गर्ने संस्थाका अध्यक्ष लिलाम्बर झा ले जानकारी दिनुभयो । कोभिड पछि नियमित जाँचहरु सम्म नगरि घरमै बसेका थारु समुदायका व्यक्तिहरुको स्वास्थ्य अवस्था जान्न पनि यो कार्यक्रम गर्न लागिएको अध्यक्ष झाले बताउनुभयो ।

बजारमा १५०० सम्म पर्ने थाइराईड जाँच, १०० रुपैया पर्ने सुगर जाँच र ब्लड प्रेशर जाँच निशुल्क रुपमा गर्न लागिएको हो । सामाजिक उत्तरदायित्व निभाउन संस्थाले बेलाबखत यस्ता कार्यहरु गर्दै जाने जनाएको छ ।

तीनदिन सम्म जति संख्यामा थार समुदायका व्यक्तिहरु आएपनि सबैको निशुल्क जाँच गर्ने संस्थाको कार्यक्रम छ । यो कार्यक्रमबाट कम्तिमा २००० जना थारु समुदायका व्यक्तिहरुले नि:शुल्क सेवाको फाइदा उठाउने संस्थाको विश्वास छ । कार्यक्रम एभरेष्ट इन्टरनेशनल र इन्डोक्राइनोलोजिष्ट डा.सुनिल कुमार चौधरीको संयुक्त आयोजनामा हुन लागेको हो ।

संस्थाका अध्यक्ष झा ले स्वास्थ्य पेजसँग कुरा गर्दै नजिकमा रहनुभएका सम्पुर्ण थारु समुदायका व्यक्तिहरुलाई सेवा लिन आउन आग्रह समेत गर्नुभएको छ ।

 

 

  • २३ पुष २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech