कम्बोडियाले नेपाल सरकारलाई सहयोग गर्यो स्वास्थ्यसामग्री

    • स्वास्थ्य पेज

  • २० पुष २०७७, सोमबार

काठमाडौं २०, पुष ।

नेपाल सरकारलाई कम्बोडियाले ठूलो मात्रामा स्वास्थ्यसामग्री सहयोग गरेको छ। दुई विमान चार्टर गरेर ल्याइएको सामग्री आज कम्बोडिया सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई कम्बोडिया सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव औच बोरिथको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले फेस मास्क, फेब्रिक फेस मास्क, मास्क एन-९५, चस्मा, पिपिई सेट, फेस सिल्ड, भेन्टिलेटर, प्लास्टिक बुट र झोल साबुन लगायत सामग्री दिएको हो।

  • २० पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech