काठमाडौंः सहरी विकासमन्त्री रामकुमारी झाक्री स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल भर्ना हुनुभएको छ ।
ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार राती ९ बजे अस्पताल भएको अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्री झाक्री तीन दिन अस्पतालमा नै चिकित्सकको निगरानीमाा बस्नुपर्नेछ।
उहाँलाई सामान्य खालको निमोनिया देखिएको चिकित्सकहरुले बताएका छन् ।