भ्रष्टाचार ठहरपछि फार्मेसी अधिकृत अधिकारी सरकारी सेवाबाट बर्खास्त

    • स्वास्थ्य पेज

  • २१ आश्विन २०७८, बिहीबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालिन औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत श्यामकुमार अधिकारीलाई सरकारी सेवाबाट बर्खास्त गरेको छ।

भ्रष्टाचार गरेको कसुरमा उनलाई भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको हो।

फार्मेसी अधिकृत सातौं तहका अधिकारीले ०७१ सालमा भ्रष्टाचार गरेको फेला परेको थियो।

मन्त्रालयले बिहीबार सूचना जारी गर्दै उनलाई लोक सेवा आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाको असोज १४ को परामर्श अनुसार स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा २ को खण्ड ख अनार भ्रष्टाचार कसुरमा बर्खास्त गरिएको जानकारी दिएको छ।

 

 

  • २१ आश्विन २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech